काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४९ औँ म्याचमा चेन्नई सुपरकिंग्सले कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नईको यो सीजनमा ५ औँ जित हो । यो हारसँगै कोलकताको भने प्लेअफमा जाने सम्भावना मुस्किल भएको छ ।
साथै मुम्बई इण्डियन्स भने क्वालिफाईमा छनौट भएको छ । कोलकतालाई अब प्लेअफमा जान अन्य टीमको नतिजा र अर्को म्याचमा जित्नुपर्ने दावाव छ ।
चेन्नईलाई १२ बलमा ३० रन आवश्यक थियो । रविन्द्र जडेजाले ११ बलमा नटआउट ३१ रन प्रहार गरेर खेल जिताए ।
साथै उनले अन्तिम २ बलमा २ छक्क प्रहार गरे । टस हारेर ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा १७३ रनको टार्गेट दिएको थियो ।
जवाफमा धोनीको टीमले ४ विकेट गुमाउँदै १७८ रन बनाएर खेल जित्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया