गत भदौसम्म करिब ३६ हजार २ सय जनाले ब्याज अनुदानको सहुलियत ऋण पाएका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो । यसमा कृषिबाहेकको अन्य कर्जा लिनेको संख्या १० हजार ५ सय ९२ छ । सहुलियत दरको कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज छुट दिँदै आएको छ ।
गत असारसम्म ३२ हजार ४ सय ८४ जनाले यस्तो कर्जा सुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा लिने १८ हजार ३ सय जना मात्र थिए । राष्ट्र बैंकका अनुसार गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले ३६ हजार १ सय ८१ जनालाई ६४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ सहुलियत दरको कर्जा प्रवाह गरेका छन् ।
जसमध्ये ३२ हजार १ सय ९० जनाले ५७ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ व्यावसायिक कृषि तथा पशुपालन कर्जा लिएका छन् । संख्याका आधारमा कुल सहुलियत कर्जामा कृषि कर्जा लिने ७१ प्रतिशत र रकमका आधारमा ८८ प्रतिशत छन् । नौ प्रकारको सहुलियत कर्जामा अधिकांश हिस्सा कृषि कर्जामै प्रवाह भएको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया