सकियो तेस्रो चरणको निर्वाचनको मतगणना

 राजविराज, ११ असोज – नतिजा आउन बाँकी सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विजय भएको छ ।राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी भएका छन् । शम्भुले १५ मत बढी ल्याएर विजयी भएको बताइएको छ ।उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७५९ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १९५ मत प्राप्तगरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले चार हजार २६९ मत प्राप्त गरेका छन् ।यस्तै राजविराज नगरपालिका वडा नं १ मा राजपा नेपाल, २ मा संघीय फोरम नेपाल, ३ मा स्वतन्त्र, ४ मा माओवादी केन्द्र, ५ मा नेपाली काँग्रेस, ६ मा माओवादी केन्द्र, ७ मा स्वतन्त्र, ८ मा माओवादी केन्द्र, ९ मा राजपा नेपाल, १० मा राजपा नेपाल, ११ मा माओवादी केन्द्र १२ मा संघीय फोरम नेपाल, १३ मा संघीय फोरम, १४ मा राजपा नेपाल, १५ संघीय फोरम नेपाल र वडा नं १६ मा राजपा नै विजयी भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।यसअघि सप्तरीमा रहेको १७ वटा स्थानीय तहमध्ये डाकनेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा नेपाल नै विजयी भएको थियो ।त्यस्तै बोदेबर्साइन नगरपालिका खडक नगरपालिका, तिरहत गाउँपालिका, महदेवा र बलान गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजय भएको छ ।अग्निसाइ कृष्णासवरम गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका तथा सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । यस्तै सप्तकोशी नगरपालिका र कंचरुप नगरपालिकामा नेकपा(एमाले) र छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टीले विजय प्राप्त गरेका थिए । यो सगै तेस्रो चरणको निर्चाचंको १३६ ओटै स्थानीय निर्वाचनको मतगणना सकिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?