भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा इलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । यसअघि स्वास्थ्य चौकी रहेको भवनमा आजबाट इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो ।
सो कार्यालयको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आज उद्घाटन गरे । सल्लाहकार सुवेदीले गाँउगाँउमा प्रहरी कार्यालय र चौकी स्थापना गरेर शान्ति सुरक्षा सवल बनाउन सरकार लागिरहेको बताए ।
जम्मा ४५ जनाको दरबन्दी हुने गरी स्थापना भएको कार्यालयमा तत्काल १३ जनाबाट सेवा प्रवाह हुने र आवश्यकता अनुसार थप्दै लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालगायतको उपस्थिति थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया