काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधवार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौंका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गर्नुभएको छ ।
विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नविसङ्घको जिकिर छ ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीिितक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया