बागलुङ । कोरोना संक्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजाबाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित नियमित पूजाको आम्दानी जोड्दा त्यो रकम धेरे हुने बताए । मन्दिरमा आव ०७४/०७५ मा मन्दिरमा भेटीबाट एक करोड ३४ लाख ८७ हजार आम्दानी भएको थियो ।
मन्दिरका पूजारी जयबहादुर खड्काले बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि मन्दिरमा नित्यपूजा, आरती र भजनर्कीतन चलिरहेको बताउनुभयो । मन्दिरमा चढाइने बलिको मुढ, भेटी, परेवा र अक्षता आम्दानीको मुख्य स्रोत हो ।
बलिका रुपमा बोका, राँगो, हाँस, सँगुर, कुखुरा चढाउने गरिन्छ । तिनका मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । धार्मिक एवं ऐतिहासिक महत्वको उक्त मन्दिर विसं १५९१ मा स्थापना भएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया