काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४९ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र कोलकता नाइट राइडर्सबीच खेल भईरहेको छ ।
चेन्नईले टस जितेर बलिङ रोजेसँगै कोलकता ब्याटिङमा उत्रिएको छ ।
कोलकताका लागि प्लेअफमा रहिराख्न यो खेल जित्नै पर्ने हुन्छ भने चेन्नई यो खेल सान्त्वनाका लागि जित्ने दाउमा रहेको छ ।
आज फाफ डू प्लेसिसको ठाउँमा शेन वाट्सन टीममा परेका छन् । चेन्नईमा फाफ डू प्लेसिस, इमरान ताहिर र मोनू सिंहलाई हटाएर शेन वाट्सन, कर्ण शर्मा र लुंगी एनगिडीलाई टीममा राखिएको छ ।
त्यस्तै कोलकतामा प्रसिद्ध कृष्णाको स्थानमा रिंकू सिंहलाई मौका दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया