अर्मेनिया र अजरबैजानबीच युद्धविरामको पालना भएन, युद्ध जारी

वासिङटन । अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धबिरामको पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो । यी दुई देशबीच गएको आइतबारको मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

Armenia-Azerbaijan conflict: New horizons after 3 decades

अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको थियो । तर सो युद्धविराम भए पछि पनि यहाँ फाटफुट आक्रमण र हमलाहरु भइ नै रहेको बताइएको छ ।

Armenia-Azerbaijan war: Old tensions behind renewed fighting in  Nagorno-Karabakh | World News | Zee News

यसअघि पनि यी दुई देशकाबीचमा जारी द्वन्द्वको युद्धविराम भएको थियो । पहिले यी दुई देशबीच रुसको मध्यस्थतामा युद्धविराम भएको थियो तर कार्यान्वयन भएको छैन । केही दिनअघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको समाचारमा जनाइएको थियो ।

Armenia, Azerbaijan war: Third attempt at Karabakh ceasefire quickly  collapses

पछिल्लो सयममा अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय संस्था र देशको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको थियो । दुई देशका बीचमा दशकौँ देखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।

Armenia-Azerbaijan Conflict Shows Signs of Escalation - The New York Times

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौँ नागरिकले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

Armenia, Azerbaijan Vow To Keep Fighting, Deaths Increasing | Kashmir  Observer

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यसैले दुई देशलाई युद्धविराम गरेर शान्ति स्थापना गर्नु भनिए पनि त्यहाँ युद्ध भने जारी नै रहेको छ ।

Turkish military expected Russian support for Armenia against Azerbaijan in  the event of a conventional war – Nordic Monitor रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?