काठमाडौं – अघिल्ला वर्षहरु भन्दा केही ढिलो गरी आएको बडा दशैँ पर्व सकिनै लाग्दा काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । स्वभाविक रुपमा नै यो चिसोको मौसम हो । तर कोरोना संक्रमणको कहरले थिलथिलो भएको अवस्थामा आएको जाडोयाम र विज्ञहरुले दिएको सुझावले एकपटक तपाईलाई पनि अवश्य झस्काउँछ ।
केहि मुलुकहरुले कोरोनाको कहरकाबीच जाडोयाम खेपे । त्यसबेलाको अवस्था निकै भयावह भएको उनीहरुको तथ्याङ्कले देखाउँछ । विभिन्न (फरक भूगोल /बसोबास र परिस्थिती भएका मुलुकहरु) जहाँ जाडोयाममा कोरोनाको कहर बढेको थियो । शोध /अध्ययन र अनुसन्धानबाट गर्मियाममा भन्दा तुलनात्मक रुपमा जाडोयाममा कोरोनको जोखिम अझै बढ्ने विज्ञहरुले बताएका छन् । उनीहरुले कोरोना कहरबाट बच्न जाडोयाममा अझै विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
जाडोबाट बच्न घर वा कार्यालयका झ्यालढोका बन्द गरिँदा हावा राम्ररी ओहोरदोहोर गर्न पाउँदैन । एकै ठाउँमा धेरै जना बस्दा यदी कसैलाई संक्रमण रहेछ भने त्यो फैलिने सम्भावना बढी रहने उनीहरुको भनाई छ । त्यसैमाथि स – साना बालबालिका जाडोयाममा आफ्ना वृद्ध हजुरबुवा हजुरआमासँग आगो ताप्न बस्न, लुटपुटीन मन पराउने, जाडोका कारण सामुहिक रुपमा आगो ताप्न बाहिर जम्मा हुने, मानिसले सरसफाईमा धेरै ध्यान नदिने जस्ता क्रियाकलाप गर्दा कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने संभावना रहन्छ । जाडोबाट बच्न मानिसहरु समुहमा जम्मा हुने, चिया पिउने, गफगाफ गर्ने, चोकमा उभिएर पारिलो घाम कुर्ने, सार्वजनिक स्थालमा बस्न मन पराउने गर्दछन् ।
नेपालको सन्दर्भमा कुराकानी गर्नुपर्दा जाडोयाममा सार्वजनिक सवारीमा समेत बढी नै मानिस कोचाकोच गरिएको हुन्छ ।
यस्तो अवस्थामा हावाको आवतजावत गर्ने राम्रोसँग हुन पाउँदैन । भौतिक दूरी कायम हुन पाउँदैन । यस्तो अवस्थामा कोरोना संक्रमण जोखिम अझै बढ्ने जनस्वास्थ्य विद्को ठम्याई छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम् भाइरोलोजिस्ट डा. बासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले मानिसहरुमा कोरोनाको त्रास अझै बढी रहन सक्ने पनि बताए ।
भर्खरै मात्रै चिसो शुरु भएको छ । कोरोनाको कहर कायमै छ । यसबाट बच्न हरेक व्यक्ति सतर्क हुनुपर्दछ ।
यदी घरमा बालबालिका, रोग प्रतिरोधात्मक क्ष्इामता कमजोर भएका, बृद्धबृद्धा, रोगी, भर्खरै शल्यक्रिया गरेका व्यक्ति छन् भने त्यस्तो परिवारका सदस्यले अझ बढी सर्तक रहनुपर्दछ ।
बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने अनाज खाने, प्रशस्त तातो पानी पिउने, झोलिलो, पोषणयुक्त खानेकुरा राखे, धुमपान, मद्यपान नगर्ने, कोरोनाको लक्षण देखिएमा कोरोना परिक्षण गराउने गर्नुपर्दछ ।
डब्ल्यूएचओले सरकारहरुलाई गर्यो यस्तो अपील
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको लडाईंमा हार नखान विभिन्न देशका सरकारहरूलाई अपील गरेको छ।
कोरोना भाइरसको संक्रमण बढिरहेको भए पनि यसबिरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने भन्दै विश्व स्वास्थ्य संगठनले यस्तो विषम परिस्थितीको सामना सबै एकजुट भएर गर्नुपर्ने भन्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ बाट हार नखान भनेको हो ।
पछिललो केहि समयदेखि कोरोना भाइरस हौवा मात्रै भएको रु मेडिकल माफियाको चङ्गुलमा हरेक देशका सरकारहरु परेको भन्ने किसीमका विभिन्न टिकाटिप्पण र समाचारहरु आइरहेको सन्दर्भलगत्तै कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न हरेक देशका सरकारहरू तयार हुनुपर्ने भन्दै डब्लूएचओले सचेत गराएको हो।डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाईं देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।
मृतकको शवमा १८ घण्टापछि पनि पाइयो कोरोना संक्रमण
भारतका एक ६२ वर्षीय व्यक्तिको कोरोनाबाट मृत्यु भएको १८ घण्टापछि निकालेर जाँचिएको शवमा समेत कोरोना भाइरस जीवितै रहेको खबर बाहिरीएपछि झनै चुनौति थपिएको छ । यसअघि वैज्ञानिकले केहि घण्टासम्म यो भाइरस जीवित रहनसक्ने बताएका थिए । भारतको कर्नाटक राज्यका ति व्यक्ति जसको कोरोनाबाट मृत्यु भएको थियो । तिनको अप्टोसी गर्दा फोक्सो लेदर बलको जस्तै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।चिकित्सकको टोलीले मृत्युको १८ घण्टापछि उनको नाक र घाटीको स्वाब परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको संक्रमण जीवित पाइएको थियो ।
अटोप्सी गर्ने अक्सफोर्ड मेडिकल कलेजका डाक्टर दिनेश रावले यस्तो बताएका ति सञ्चारमाध्यमले उदृद गरेका छन् । ड्बलूएचओले कोरोना भाइरस निस्किएको शुरुवाति दिनमा नै कोरोना संक्रमितको शव मृत्युलगत्तै र्याप गरेर तत्काल अन्त्येष्टि गर्न भनेको थियो । नेपालले पनि सोहि बमोजिम कार्यविधी बनाएको थियो । तर पछिल्लो समय मानिसहरुले आ आफ्ना रीतिथिती र परम्परा अनुसार अन्तिम संस्कारको लागि शव मागिरहँदा यो घटना बाहिर आएको छ ।
उत्तर अमेरिकी तथा एशियाली केही मुलुकमा सबैभन्दा बढी फैलियो कोरोना
उत्तर अमेरिकी तथा एशियाली केही मुलुकमा ‘कोभिड-१९’ अत्याधिक संक्रमण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।
यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।
रोगी र अत्याधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।
यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।
सङ्क्रामक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केहि देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।
कोरोना संक्रमितको हिसाबले नेपाल विश्वको कति औँ स्थानमा
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना संक्रमितको हिसाबले नेपाल विश्वको ३४ औँ स्थानमा रहेको छ । गत अंग्रेजी वर्षको अन्तिम महिना डिसेम्बर अन्तिम साता चीनबाट शुरु भएको कोरोनाको कहरले नेपाललाई यसरी गाँजेको छ कि, एक महिना पहिले नै नेपालको संक्रमितको संख्याले चीनको संक्रमितको संख्या उछिनीसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहिबार) दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९०४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् भने भेन्टिलेटरमा ७६ जना रहेका छन् । त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् । आज नेपालमा ९ हजार ७६९ जनाको आरटीपीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९८३ जना महिला संक्रमित थपिएका छन् भने १ हजार ३८० जना पुरुष संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया