काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म लक्ष्मी बम्ब को नाम परिवर्तन गरिएको छ ।
लक्ष्मी बम्बको ठाउँमा अब लक्ष्मी मात्रै राखिने भएको छ । बिहीवार फिल्मका डाइरेक्टर राघव लरेन्स सर्टिफिकेट लिन सेन्सर बोर्ड गएका थिए ।
त्यसपछि उनीसँग डिस्कसन भएको थियो । अडियन्सको भावनालाई ध्यानमा राखेर फिल्मका प्रोड्यूसर्स शबीना खान, तुषार कपूर र अक्षय कुमारले यसको टाइटल फेरेर लक्ष्मी मात्रै राख्ने बताएका हुन् ।
बुधवार अखिल भारतीय राजपूत करणी सेनाले फिल्मको मेकर्सको नोटिस पठाएको थियो ।
उनीहरुले फिल्मको टाइटल परिवर्तन नगरे रिलिज गर्न नदिने धम्की दिएका थिए ।
फिल्म लक्ष्मी बम्बको टाइटलले हिन्दू हरुको धार्मिक भावनालाई आहत पुर्याउने बताइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया