विवाहको दिन यस्तो देखिइन् नेहा कक्कर

काठमाडौं । पछिल्लो समय निकै नै चर्चा बटुलेकी बलिउडकी गायिका नेहा कक्करले विवाह गरेकी छिन् । उनले गायक तथा कलाकार रोहन प्रितसँग विवाह गरेकी हुन् ।

सन् २००६ को इन्डियन आइडलको सेटबाट उदाएकी नेहा कक्कर पछि इन्डियन आइडल शोमा जज पनि बनिन् ।

उनले रोहन प्रितसँग लगन गाँठो कसेकी छन् । नेहा र रोहनले केही समयको प्रेम सम्बन्धपछि विवाह गरेका हुन् । रोहन र नेहाको उमेरमा ७ वर्षको भिन्नता छ।

विवाहको दिनमा यस्तो देखिइन् नेहा कक्कर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?