‘भिटेन’ फेरि तानिए विवादमा, ‘ट्रेन्डिङमा परेको गीतमा के छ ?

काठमाडौं । र्‍यापर समिर घिसिङ ‘भिटेन’ विवादमा तानिएका छन् ।

उनले भर्खरै सार्वजनिक गरेको गीतमा बोलिएको भाषा र दृष्यका कारण उनको गीतमाथि अनुसन्धान शुरु गरेको छ । उनको गीतमा प्रहरीलाई गाली गलौज गरिएको र भिडियोको सुरुमा नै प्रहरीको गाडी विस्फोट गराएको देखाइएको छ ।

र्‍यापको विषयमा अनुसन्धान गरी आवश्यक देखिएमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
उनले बोलेका शब्दका कारण गीतमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय साइवर व्यूरोलाई समेत पत्राचार गरिएको छ ।

उनको यो विवाद पहिलो पटक मात्र होइन । एक वर्षअघि पनि उनी ‘हामी यस्तै त होनी ब्रो’ भन्ने गीतका कारण विवादमा मुछिएका थिए ।

उनको उक्त गीतमा प्रहरीलाई डण्डे भनेका कारण पक्राउ गरि अनुसन्धान गरेको थियो ।

गीतमा उनले पुलिस चौकीभित्रै गर्छ दारु खाँदै मस्ती भन्ने शब्दको प्रयोग गरेकामा आपत्ती जनाउँदै अनुसन्धान गरिएको थियो ।

विवादमा आएपनि उनको भिडियो यूट्युवमा राखिएको ५ दिनमा नै ११ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?