अल्पकालीन लगानीकर्ता हाबी हुँदा शेयर बजारमा सामान्य करेक्शन

काठमाडौं । बुधवार ४० अंक भन्दा धेरैले बढेको बजार बिहीवार भने झिनो अंकले घटेको छ । बजारमा अल्पकालीन लगानीकर्ताहरु प्रभिट बुकिङ तिर लाग्दा बजारले बिहीवार सामान्य करेक्शनको सामाना गर्नु परेको छ ।

बिहीवार शेयर बजार परिसूचक नेप्से १.७८ अंकले घटेको छ । ०.११ प्रतिशतले घटेको बजार यस साताका लागी १६४५.६८ अंकको विन्दुमा बजार बन्द भएको छ । नेप्से परिसूचक घटेपनि क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक भने ०.२७ अंकले बढेको छ ।

करेक्शनको सामना गरेको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका छन् । ६ वटा समूहको परिसूचक घट्दा ६ वटै समूहको परिसूचकमा भने वृद्धि देखिएको छ । घट्ने समूहको परिसूचक मध्ये उत्पादन तथा प्रसोधन समूहको परिसूचक १.१३ प्रतिशतले घटेको छ भने बढ्ने समूहको परिसूचक मध्य व्यापार समूहको परिसूचक १.३७ प्रतिशतले बढेको छ । बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भनदा थोरैले घटबढ भएका छन् ।

बिहीवारको बजारमा पनि बैंकिङ समूहकै वर्चस्व रहेको देखियो कारोबार रकमका आधारमा ६ वटा कर्मशीयल बैंकको १० करोड भन्दा धेरैको कारोबार भएको छ । जसमा प्रईम कर्मशीयल बैंकको सर्वाधिक १३ करोड ७८ लाख १ हजार ३ सय ६ रुपैयाा बराबारको कारोबार भएको छ ।

त्यस्तै १० करोड को आकडा नाध्ने ७ औँ स्थानमा शिव श्री हाइड्रोपावर लिमिटेड रहेको छ । उक्त कम्पनीको १० करोड १५ लाख २५ हजार १ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कम्पनीको आजैदेखि कारोबार भएको शेयरमा सर्किट ब्रेक लागेको छ । १३२ रुपैयाँ प्रति कित्ता शेयरमा अन्तिक कारोबार भएको थियो ।
शेयर संख्याका आधारमा पनि शिव श्री हाइड्रोपावर लिमिटेड अग्र स्थानमा रहेको थियो । उक्त कम्पनीको मात्र ७ लाख ६९ हजार १ सय ५० कित्ता शेयर खरिदबिक्रि भएको थियो । कारोबार संख्याका आधारमा भने जनरल इन्स्योरेन्सको लिमिटेडको सर्वाधिक ४ हजार ४ सय २८ पटक कारोबार भएको थियो ।

शिव श्री हाइड्रोपावर लिमिटेडसँगै नेपाल फाइनेन्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । उक्त कम्पनीको शेयर मूल्य क्रमश : १० र ९.६५ प्रतिशतले बढेको छ । बिहीवार सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक ३.६१ प्रतिशतले गुमाएका छन् भने रकमका आधारमा सिभम् सिमेन्ट् र घोडाधोडी लधुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले २० रुपैयाँैले गुमाएका छन् ।

बिहीवार १ सय ९२ कम्पनीको ४१ हजार ९ सय ९ पटकको कारोबारमा १ करोड ३ लाख ६५ हजार ६ सय ७ कित्ता शेयरको खरिदबिक्रि हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?