बिओके क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, कति प्रतिशत लाभांश प्रस्ताव हुँदैछ ?

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कार्तिक ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा आउँदो मंसिर ५ गते, शुक्रबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो १ बजेदेखि विद्युतीय माध्यमबाट सुरू जानकारी दिएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने जनाएको छ ।

त्यसैगरी, सभामा चुक्ता पुँजीको ४.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिने सुचना प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?