२१ जेष्ठ २०८०, आईतवार

एनआरएनए सम्मेलनमा जापानका छ जना उम्मेदवार

२०७४,आश्विन,११,बुधबार १४:५९

0
Shares

टोकियो, जापान, ११ – तीन सातापछि राजधानी काठमाडौँमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट छ जना आकांक्षी भएका छन् ।विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासिफिक संयोजक र उपसंयोजकका आकांक्षी देखिएका हुन् । नेपाल र नेपालीका लागि भन्दै एक दिन एक दान, अतिथिदेवोः भव, वैदेशिक रोजगारीमा बीमा, आपत्कालीन कोषको स्थापना, महिला फोरमलाई सक्रिय बनाउने लगायतका काममा सक्रिय भवन भट्टले संघको भवन निर्माण र लाप्राक नमुना बस्ती निर्माणलाई निरन्तरता दिन अध्यक्षमा दाबी गरेको बताउछन ।त्यस्तै लामो समयदेखि जापानलाई कर्मथलो बनाएका चिरञ्जीवी थापा राष्ट्रिय समन्वय परिषद् सदस्य सल्लाहकार कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्षका आकांक्षी छन् । अघिल्ला सम्मेलनमा अध्यक्ष, कोषाध्यक्षको हारेको अनुभव भएकाले यो पटकको तयारी गतिलो हुने थापाको भनाइ छ ।त्यस्तै दुई कार्यकाल कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय परिषद् युवा प्रतिनिधि हँुदै एक कार्यकाल उपाध्यक्ष भएका सुदन थापा अन्तर्राष्ट्रिय समन्वय समिति युवा संयोजकका आकांक्षी छन् । जापानमा नेपाल महोत्सव, महजात्रा, धन्यवाद जापान लगायतमा सक्रिय हुनुभएका थापाले वैदेशिक रोजगारीका क्रममा युवाका समस्या समाधानका लागि उम्मेदवारी दिएको बताए । एक कार्यकाल एसिया प्यासिफिक संयोजक रहेका किरणविक्रम थापा पनि अर्र्को एक कार्यकालमा संयोजकका आकांक्षी हुन् । एसिया क्षेत्रका श्रमिकका पक्षमा गर्न नसकेका कामलाई प्राथमिकताकासाथ सम्पन्न गर्ने उनको भनाइ छ ।संयोजक पदकै लागि एक कार्यकाल सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, उपाध्यक्ष हँुदै एसिया प्यासिफिक सहसंयोजक भैसकेका गोविन्दप्रसाद श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । एसिया प्यासिफिक उपसंयोजकका आकांक्षी पारसमणि पोखरेल पनि छन् ।असोज २८ देखि ३१ सम्म काठमाडौँमा हुने आठौँ सम्मेलनमा ७७ राष्ट्रका तीन हजारभन्दा बढीलाई चिनाउनसके फलिफाप नै होला । नत्र भने पर्यवेक्षक र प्रतिनिधि गरी २०० भन्दा बढी सहभागिता जनाउने अपेक्षा गरिएको सम्मेलन जापानका लागि अनर्थ हुनेछ । यो विषयमा अहिले जापान भर चर्चा हुने गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल ९ब्लोदान० ले विश्व रक्तदाता दिवस २०८० ९२०२३० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१