काठमाडौं । कोरोना संक्रमितको संख्या अहिले सारा विश्वमा तीव्र रुपमा बढीरहेको छ ।
कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिकामा यो हप्ता हरेक दिन ७० हजार भन्दा माथि संक्रमितहरु थपिएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म ९१ लाख २१ हजार ८०० जनालाई संक्रमण भएको छ भने २ लाख ३३ हजार १३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै उता यूरोपीयन देश जर्मनीमा फेरि लकडाउनको तयारी थालिएको छ ।
फ्रान्सपछि त्यहाँ पनि दोश्रो लहरको कोरोना संक्रमण आएसँगै फेरि लकडाउनको तयारी थालिएको हो । अहिले त्यहाँ आंशिक लकडाउन गरिएको छ ।
त्यहाँ अबको केहि दिनमै पूर्ण लकडाउन लगाइने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया