कांग्रेस केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते शुक्रवार बस्ने भएको छ ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि दुई पटक सम्म रोकिएको बैठक वीपी स्मृती भवन ललितपुरमा शुक्रवार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीको सन्दर्भमा कुराकानी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।

यसअघि असोज १९ र २५ गते बोलाइएको केन्द्रीय समिति बैठक नेताहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?