फ्रान्समा दोश्रो पटक लकडाउन लाग्यो, इटालीमा २४ घण्टामा २४ हजार बढीलाई कोरोना

काठमाडौं । फ्रान्समा दोश्रो लहरको कोरोना संक्रमण आएसँगै सरकार सतर्क भएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले देशमा दोश्रो पटक लकडाउन लगाएका छन् ।

लकडाउन पूरा नोभेम्बरसम्मका लागि रहने बताइएको छ । नयाँ प्रतिबन्ध शुक्रवारबाट शुरु हुनेछ ।

नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर जान नदिने सरकारले बताएको छ । रेष्टुराँ, बार, कलेज, स्कूलहरु पनि बन्द रहनेछन् । फ्रान्स्मा हालसम्म १२ लाख संक्रमित भएका छन् भने ३५ हजार ५४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै उत इटालीमा २४ घण्टामा २४ हजार ९९१ जना संक्रमित थपिएका छन् । त्यहाँ हिजो पनि २१ हजार ९९४ जना संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?