रोयल एन्ट्वर्पसँग टोटेनहम भिड्दै

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा टोटेनहम र रोयल एन्ट्वर्प भिड्दै छन् । टोटेनहमले बेल्जियन क्लब रोयल एन्ट्वर्पसँग उसैको मैदानमा खेल्नेछ ।

समूह जे को टोटेनहमले पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले पराजित गरेको थियो ।

युरोपा लिग फुटबल अन्तर्गत आज विभिन्न २४ खेलहरु हुँदैछ । युरोपा लिगमा बिहीवार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?