काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा प्रिमियर लिग क्लब आर्सनल र रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्क भिड्दै छन् ।
आर्सनल र डुनडल्कबीचको खेल आर्सनलले घरेलु मैदानमा हुनेछ ।
समूह ‘बी’ मा रहेको आर्सनल घरेलु मैदानमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा आर्सनलले अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले हराएको थियो । डुनडल्क भने मोल्डेसँग २-१ ले पराजित भएको थियो ।
युरोपा लिग फुटबल अन्तर्गत आज विभिन्न २४ खेलहरु हुँदैछ । युरोपा लिगमा बिहीवार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया