अमेरिकामा महिलालाई यौन गुलाम बनाउने स्वयम्भू गुरुलाई १२० वर्षको जेल सजाय

काठमाडौं । अमेरिकामा एनएक्सआईबीएम नामक संगठनका प्रमुख क्याथ रेनियरलाई १२० वर्षको जेल सजाय सुनाइएको छ ।

कोर्टले उनलाई २० करोड ८ लाखको जरिबाना समेत तोकेको छ ।

रेनियरलाई सेक्स ट्राफिकिङ, चाइल्ड पोर्नोग्राफीसहित केहि केसहरुमा मंगलवार सजाय सुनाइएको हो ।

रेनियरले महिलाहरुलाई कम खाना दिने र यौन गुलाम बनाउने गरेको पाइएपछि यस्तो सजाय सुनाइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?