चीनलाई घेर्ने अमेरिकाको चाल : माल्दीभ्समा खोल्दै दूताबास

काठमाडौं । चीनको गतिविधिमाथि नजर राख्नका लागि अमेरिकाले माल्दीभ्ससँग मित्रताको नाता बढाउन गईरहेको छ ।

बुधवार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले माल्दीभ्समा अब छिटै एक दूताबास खोल्ने घोषणा गरेका छन् ।

दुबै देशबीच केहि हप्ता पहिला अहम रक्षा सहयोग सम्झौतामा सहमति भएको थियो ।

माल्दीभका लागि अमेरिकी दूताबास सेवा वर्तमानमा श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूताबासबाट भईरहेको थियो ।

विदेशमन्त्री पोम्पेओले माल्दीभमा दूताबास खोल्न पाउँदा आफू खुशी भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?