सुनसान दरवारमार्ग, दशैँमा पनि छैन चहलपहल

काठमाडौं । नेपालीको महान पर्व दशैँ शुरु भएको आज १३ औंँ दिन । आश्विन शुक्ल त्रयोदशीको दिन आज पनि टीका, जमरासहित मान्यजनबाट आशीर्वाद लिने क्रम जारी छ । सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।

तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात पसलहरु एक महिनादेखि खुले पनि काठमाडौंका मुख्य-मुख्य सहरहरु सुनसान प्राय छन् ।

काठमाडौंको मुटु मानिने दरवारमार्ग, जमल आसपासका क्षेत्रमा विगतका वर्षहरुमा झैँ रौनक छैन ।

यतिबेला उपत्यकाका सडक सुनसान बनेका छन् । कोरोना संक्रमणको जोखिमसँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए। उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्टमात्र गुडेका छन् ।

उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन् भने उपत्यकाभित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् । अघिल्ला वर्षहरू जस्तै दशैँ उल्लासमय नभए पनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक बिदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ ।

यसैले पनि दशैँ मनाइरहेका काठमाडौंबासी सडकमा आएनन् । सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडी, र आफ्नो अत्यावश्‍यक कामले हिँडेकाबाहेक अन्य गाडीहरू देखिएका छैनन् ।

केहि तस्वीरहरु : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?