नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ अन्य बैंकको मुद्दति निक्षेपमा लगानी गर्ने घोषणा गरेको छ ।

उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले यहि कात्तिक १६ गतेसम्म सिलबन्दी प्रस्ताव फारम पेश गर्न आव्हान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ २७३ दिनका लागी लगानी गर्ने जनाएको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मध्ये राष्ट्र बैंकले ६ करोड ३५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई छुटयाएको छ । त्यस्तै १९ करोड ५ लाख रुपैयाँ ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागी छुटयाएको छ भने बाँकि १ अर्ब १ करोड ६० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागी छुटयाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?