काठमाडौं । अमेरिकी प्रहरीको गोली लागी फिलाडेल्फियामा एक अश्वेत नागरिकको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन चर्केको छ । अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । चुनावको मुखैमा यस्तो घटना सार्वजनिक भएपछि फिलाडेल्फियाको सडकमा हजारौँ प्रदर्शनकारीहरुले विरोध गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले दागेको गोली वाल्टर वालेस जूनियर (२७) नामका एक अश्वेत नागरिकको काँधमा लागेको थियो । घटनापछि भएको झडपमा ३० भन्दा धेरै पुलिस अधिकारी घाईते भएका छन् ।
पुलिसले दर्जनभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया