बारा झडप : तीन प्रहरीसहित ४ जना घाइते

बारा । बारामा प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरीसहित एक बालक घाइते भएका छन् ।

सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको सामान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय १४ वर्षीय रञ्‍जन यादव सख्त घाइते भएका छन्। भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

गएराति त्यहि क्षेत्रबाट स्थानीयले मोटरसाइकलमा भारतबाट प्याज ओसारेका थिए । सीमा पारीबाट प्याज ल्याएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरुले अवरोध गरेपछि आत्मरक्षाको लागि प्रहरीले १२ राउण्ड गोली चलाएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?