काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । बुधवार राति भएको समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले पराजित गरेको हो ।
ब्राजिली स्टार नेयमारले उक्त खेलमा चोट बोकेका थिए । खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे ।
:focal(1131x480:1133x478)/origin-imgresizer.eurosport.com/2020/10/28/2924190-60077768-2560-1440.jpg)
खेलको ६४ औं मिनेटमा मोइस केनले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ७९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । च्याम्पियनस लिगको पहिलो खेलमा म्यान्चेष्टर युनाईटेडसँग हार ब्यहोरेको पीएसजीले पहिलो जित हात पारेको हो ।
![]()
पीएसजीले समूहमा तीन अंक जोडेको छ । टर्कीस क्लब अंक विहिन हुँदै पुछारमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया