प्रशिक्षणमा फर्कियो राष्ट्रिय फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण शुरु गर्दैछ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीवारबाट प्रशिक्षण शुरु गर्न लागेको हो ।

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह २ बजे शुरु हुनेछ ।

प्रशिक्षणका लागि खेलाडीहरु काठमाडौं आईसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिईसकेको छ ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?