बिहीवार डलर र यूरो बढ्दा पाउण्ड घट्यो, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ । यस्तै बुधवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा तोकेको छ । बुधवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।

बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ । एक दिन अगाडि मंगलवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ १४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९२ पैसा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ३२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?