मोरङ । मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट विभिन्न हातहतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने प्रतिक भन्ने काशीनाथ घिमिरे र सनम भन्ने बिज्ञान राई रहेका छन् ।
प्रहरीले बुधवार बिहान उनीहरुलाई पक्राउ गरी १ थान एकनाले भरुवा बन्दुक, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान ननईलेक्ट्रिक डेटोनेटर, करिब २ किलो जिलेटिङ, १ थान सुतली बम, १ थान टुकी बम, १ थान १२ भोल्ट ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद समेत गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुले लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया