के हो अश्वमेध यज्ञ ? जानिराखौँ ६ रहस्य !

काठमाडौं । अश्वमेध वा अश्वमेघ यज्ञको बारेमा विभिन्न प्रकारका खबर फैलिरहेका हुन्छन् । तर यो यज्ञ के हो भन्ने बारेमा सायदैलाई मात्र थाहा होला आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

१. अश्वमेध यज्ञलाई केहि विद्वान तथा एक राजनीति तथा केहि विद्वानले आध्यात्मिक प्रयोग मान्ने गरेका छन् । यो एक सम्राटले नै गर्न सक्ने बताइन्छ । जसको अधिपत्य सबै राजाहरुले मान्छन् उक्त व्यक्तिलाई नै राजा भनिन्छ ।

२. यज्ञको प्रारम्भ वसन्त अथवा ग्रीष्म ऋतुमा शुरु गर्ने गरिन्छ । यो अनुष्ठान पूरा गर्न पूरा १ वर्षको समय लाग्दथ्यो । यसबीचमा राज्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने गर्दथे ।

३. यज्ञ गरेपछि घोडालाई स्वतन्त्र छोडिन्थ्यो । त्यसको पछाडि यज्ञकर्ता र राजाका सेना हुन्थे ।

४. यदि घोडा चोर्ने र रोक्ने राज्यको राजासँग युद्ध हुन्थ्यो । यदि घोडा मरेको खण्डमा यज्ञ फेरी शुरु गर्नुपर्दथ्यो ।

५. अश्वमेध यज्ञ पूरा गरेपछि व्रह्म हत्याबाट मुक्त भईने, स्वर्ग प्राप्ति हुने र मोक्ष मिल्ने भनाई छ ।

६. केहि विद्वानहरुले अश्वमेध यज्ञलाई गायत्री मन्त्रसँग जोडिएको एक अध्यात्मिक यज्ञ मान्ने गर्दछन् । अश्व समाजको नराम्रोविरुद्धको प्रतिक र मेधा नराम्राकुराहरुविरुद्धको दोष उन्मुलनको संकेत भएको विदु षकहरुको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?