बुधवार विश्वमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ७ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म ११ लाख ७९ हजार ६२ जनाको मृत्यु भएको छ भने ४ करोड ४७ लाख ४८ हजार ८४५ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ करोड २७ लाख २४ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैबीच विश्वमा हिजो (बुधवार) कोरोना संक्रमितको नयाँ रेकर्ड बनेको छ ।

बुधवार विश्वमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । विश्वमा हिजो ५ लाख ४ हजार ४१९ जना संक्रमित थपिएका छन् भने ७ हजार १०४ जनाको मृत्यु भएको छ ।

यो भन्दा अगाडि अक्टोबर २३ मा ४ लाख ९२ हजार ६८३ जना संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?