सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ ।

उनले यो जानकारी सोसल मिडिया फेसबुकमा गराएका हुन् ।

गत मंगलवार रातीबाट सामान्य ज्वरो आएपछि हिजो गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘गत मंगलवार राति बाट हल्का ज्वरो आए पछि हिजो कोरोना टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौँ, त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरवाही नगरौँ।’

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?