काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म ११ लाख ७९ हजार ६२ जनाको मृत्यु भएको छ भने ४ करोड ४७ लाख ४८ हजार ८४५ जना संक्रमित भएका छन् ।
त्यस्तै ३ करोड २७ लाख २४ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच अमेरिकामा हालसम्म २ लाख ३३ हजार १३० जनाको मृत्यु भएको छ भने ९१ लाख २० हजार ७५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५९ लाख ३३ हजार २१२ जना संक्रमण मुक्त भएका छन् भने २९ लाख ५४ हजार ४०९ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ८६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा ९ लाख ३४ हजार ८१३ जनालाई संक्रमण भएको छ भने १८ हजार २८८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ९ लाख २० हजार ८०५ जनालाई संक्रमण भएको छ भने १७ हजार ५४१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ७ लाख ९० हजार ४२६ जनालाई संक्रमण भएको छ भने १६ हजार ५७४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार ८१ हजार ५८१ जना संक्रमित थपिएका छन् यो संख्या हालसम्मकै सबैभन्दा धेरै हो । अमेरिकामा बुधवार १ हजार ३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया