भारतमा के छ कोरोना महामारीको ताजा अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म ११ लाख ७९ हजार ६२ जनाको मृत्यु भएको छ भने ४ करोड ४७ लाख ४८ हजार ८४५ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ करोड २७ लाख २४ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैबीच भारतमा हालसम्म १ लाख २० हजार ५६३ जनाको मृत्यु भएको छ भने ८० लाख ३८ हजार ७६५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७३ लाख १४ हजार ९५१ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ३ हजार २५१ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ४९ हजार ९१२ जना संक्रमित थपिएका छन् भने ५०९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?