मुम्बईसँग ब्यांग्लोर ५ विकेटले पराजित, मुम्बई प्लेअफमा

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४८ औँ म्याचमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।

सीजनमा ८ औँ जीतसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । साथै मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले १६५ रनको टार्गेट दिएको थियो । जवाफमा मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

सूर्यकुमार यादवले नटआउट ७९ रनको पारी खेले । ब्यांग्लोरका मोहम्मद सीराज र युजवेन्द्र चहलले समान २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?