मुम्बईले तीन विकेट गुमायो, जितका लागि ४८ बलमा ७९ रनको आवश्यक्ता

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४८ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल भईरहेको छ ।

मुम्बईले टस जितेर पहिला बलिङ रोजेसँगै ब्याटिङमा उत्रिएको ब्यांग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको छ । १६५ रनको विजयी लक्ष्य पाएको मुम्बईले हालसम्म १२ ओभरमा ३ विकेट गुमाउँदै ८६ रन बनाएको छ । ब्यांग्लोरका लागि देवदत्त पडिक्कलले ७४ रन र जोस फ्लिपले ३३ रन बनाउन बाहेक अन्यको प्रदर्शन राम्रो देखिएन ।

पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका ब्यांग्लोरका कप्तान विराट कोहलीले आजको खेलमा भने १४ बलमा ९ रन बनाएका छन् । शुरुवाती मात्र ३ खेलमा उनले मात्र १७ रन बनाएका थिए । त्यसपछिका खेलमा भने उनको प्रदर्शन उत्कृष्ट थियो । कप्तान कोहली आईपीएलको १३ औँ सीजनका सबैभन्दा महंगा खेलडी समेत हुन् । उनलाई ब्यांग्लोरले १७ करोड भारुमा यस सीजनका लागि अनुबन्ध गरेको थियो ।

आज पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा चोटका कारण टीममा पर्न सकेनन् । उनको स्थानमा किरण पोलार्डलाई कप्तानीको जिम्मा दिइएको छ ।

दुबै टीम १४र१४ अंकका साथ अंकतालिकाको शीर्ष २ मा छन् । कुनै एक टीमले जितेमा विजेता टोली प्लेअफमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?