काठमाडौं । बारामा प्रहरीले गोली चलाएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीले गोली चलाउन पुगेको हो ।
सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते भएका छन् भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया