काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा १६ हजार २०२ जना संक्रमित थपिएका छन् भने ३४६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या रुसमा हालसम्मकै सबैभन्दा धेरै हो । योसँगै रुसमा कुल संक्रमितको संख्या १५ लाख ६३ हजार ९७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै कुल मृतकको संख्या २६ हजार ९३५ पुगेको छ । त्यहाँ ११ लाख ७१ हजार ३०१ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ६५ हजार ७४० जना उपचाररत छन् ।
विश्वमा हालसम्म ११ लाख ७४ हजार ८९५ जनाको मृत्यु भएको छ भने ४ करोड ४४ लाख ६५ हजार ११ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड २५ लाख ५४ हजार ६०७ जना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया