कोरोना संक्रमण पछि अनुहार कालो भएका चिनियाँ डाक्टरको रङ फेरियो

काठमाडौं । चीनको वुहान शहरमा सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसबेलामा स्वास्थ्यकर्मी पनि कोरोनाको चपेटामा परेका थिए ।

त्यस मध्येको एक नाम हो डाक्टर यी फ्यान । जो उपचार गराउने क्रममा आफैँ संक्रमित बने । संक्रमणले उनको अनुहारको रङ समेत कालो भएको थियो ।

विशेषज्ञले यो कोरोनाको असरबाट यस्तो भएको बताएका थिए । यसैबीच हाल भने उनको अनुहारमा चमकता छाएको छ ।

उनको कालो बनेको अनुहार पहिलेको जस्तै अवस्थामा परिवर्तन हुन थालेको छ । उनी हृदयरोग विशेषज्ञ हुन् ।

उनले एन्टीबायोटिक औषधि लिएको कारणले उनको छाला कालो भएको बताइएको छ । उनको ३९ दिनसम्म उपचार गरेपछि छाला फेरि पहिलेको जस्तै बन्न थालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?