काठमाडौं । रुसकी एक वैज्ञानिक तथा पार्ट टाइम मोडल आफ्नो अपार्टमेण्टमा मृत भेटिएकी छन् । तर अचम्मको कुरा उनको हातको औँला काटिएको छ ।
हत्याराले उनको हातको औँला काटेर मोबाइलको लक खोल्नका लागि लगेको बताइएको छ ।

द सनको रिपोटएका अनुसार उनको हातको औँला शंकास्पद व्यक्तिको घरमा पाइएको थियो । सेन्ट पीटर्सवर्गको टेक्नोलोजीकल इन्सस्टीट्यूटमा बायोक्यामिस्ट ३४ वर्षीया एकातेरिना एन्टोन्टसेवालाई नग्न शरीरको अवस्थामा उनका प्रेमीले फेला पारेका थिए । उनको घाटी रेटेर हत्या गरिएको पाइएको छ ।

उनलाई हत्या गर्ने व्यक्ति एक कम्प्यूटर गेमरको रुपमा पहिचान भएको छ । उनको नाम एर्टोम रहेको बताइएको छ ।
उनलाई पुलिसले अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया