अभिनेत्री मालवीको हत्या गर्न खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री मालवी मलहोत्रामाथि चक्कुले हमला गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपीको पहिचान योगेश महिपाल सिंहको रुपमा भएको छ ।

पुलिसले ति व्यक्तिलाई घाईते अवस्थामा फेला पारेको हो । घाईते भएका कारण उनलाई अस्पताल भर्ना गरिएको छ ।

पूर्णरुपमा स्वस्थ भएपछि उनलाई गिरफ्तार गर्ने बताइएको छ । उक्त आरेपी मंगलवार राती पालघर जिल्लाको एक अस्पतालमा भर्ना भएका थिए ।

उनले अभिनेत्री माथि हत्याको प्रयासपछि आत्महत्या गर्ने प्रयाश गरेका थिए । अभिनेत्रीमाथि हमला गरेपछि उनी कारमा भागेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?