टस हारेर ब्याटिङ गर्दै ब्यांग्लोर, मुम्बई नियमित कप्तान रोहित शर्मा बिनै मैदानमा

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४८ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल भईरहेको छ ।

मुम्बईले टस जितेर पहिला बलिङ रोजेसँगै ब्यांग्लोर ब्याटिङमा उत्रिएको छ ।

आज पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा चोटका कारण टीममा पर्न सकेनन् । उनको स्थानमा किरण पोलार्डलाई कप्तानीको जिम्मा दिइएको छ ।

दुबै टीम १४/१४ अंकका साथ अंकतालिकाको शीर्ष २ मा छन् । कुनै एक टीमले जितेमा विजेता टोली प्लेअफमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?