अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा

कोलम्बो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेका समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा रहेका थिए । उनी भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेको बताइएको छ।

उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका हुन्। ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हुन्। विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?