स्वास्थ्य मन्त्रालयले अब हप्ताको ५ दिन प्रेस ब्रिफिङ नगर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ आजबाट हप्तामा ५ दिन नदिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब बाट हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने बताएका हुन् ।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको बताए ।

अबदेखि हप्ताको दुई दिन आइतवार र बुधवार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेबसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ९८१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या ७ हजार ७०९ रहेको छ भने होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ९३४ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा ८ हजार २४८ भएको छ । हालसम्म १ लाख ४९ हजार २९५ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले २९० जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ७२ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै काठमाडौंमा ६९६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी काठमाडौं उपत्यकामा कुल ८४३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा ६९६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी काठमाडौं उपत्यकामा कुल ८४३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?