इच्छाधारी नागिन बन्दै श्रद्धा कपूर

काठमाडौं । बलिउडमा इच्छाधारी नागिनको कन्सेप्ट धेरै पुरानो हो ।

८० को दशकमा श्रीदेवीले नागिन बनेर सबैको मन जितेकी थिइन् । यसको ट्रेण्ड फेरि शुरु भएको छ ।

श्रद्धा कपूर

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री श्रद्धा कपूर ठूलो पर्दामा पहिलो पटक नागिनको रोल प्ले गर्दैछिन् ।

उनले नयाँ प्रोजेक्ट साइन गरेकी छन् । उनको फिल्मको नाम नागिन राखिएको छ । फिल्मको निर्देशन विशाल फुरियाले गर्दैछन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?