युभेन्टस र बार्सिलोना भिड्दै, रोनाल्डो मैदान बाहिर

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज ठुला क्लब युभेन्टस र बार्सिलोना भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

Juventus v Barcelona Confirmed Team News & Predicted Line-up with three out  -Juvefc.com

युभेन्टस बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह चरणको पहिलो खेलमा युभेन्टसले डाइनामो किभलाई २-० ले हराएको थियो ।

तर, बार्सिलोनाविरुद्ध युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नखेल्ने भएका छन् । कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् ।

रोनाल्डोबारे युभेन्टसले केहि बताएको छैन । रोनाल्डोले नेसन्स लिग अन्तर्गत अक्टोबर ११ मा फ्रान्ससँगको खेल पछि खेलेका छैनन् ।

यता, बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ । बार्सिलोना टुरिनमै युभेन्टसलाई हराउने योजनामा हुनेछ ।

यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?