२०७८,श्रावण,१०,आईतवार

काँग्रेसबाट उम्मेदवारको नाम सिफारिस

२०७४,आश्विन,११,बुधबार १४:५१


 सल्यान, ११ असोज- आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावका लागि नेपाली काँग्रेस साविक शान्तिनगर गाउँपालिकाले उम्मेदवार सिफारिस गरेको छ ।काँग्रेस शान्तिनगरको बैठकले प्रदेश र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीको सभापतित्वमा सम्पन्न बैठकले प्रदेश चुनावका लागि प्रत्यक्षतर्फ शंकरप्रसाद डाँगी, खिमप्रसाद खराल, भरत केसी, टीका घर्ती, जगत खड्का र केशव आचार्यको नाम सिफारिस गरेको छ ।यस्तै, प्रदेश चुनावका लागि समानुपातिकतर्फ गेहेन्द्र गिरी र शशिधर केसीको नाम सिफारिस भएको जनाइएको छ । केन्द्रीय चुनावका लागि प्रत्यक्षतर्फ दीपक गिरी, बुद्धिराम भण्डारी र राजेन्द्र धिताल तथा समानुपातिकतर्फ सुष्मा गिरीको नाम मात्रै सिफारिस भएको काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीले जानकारी दिए ।स्थानीय तहको चुनावमा पार्टीको उम्मेदवारका विरुद्धमा लाग्नेलाई सिफारिस गर्न नसकिएको पनि उनले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्

काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा

ताजा समाचार

सत्ता गठबन्धनले बनाए यस्तो खाका
 २०७८,श्रावण,१०,आईतवार ०७:४४