च्याम्पियन्स लिग फुटबल : पीएसजी र इस्तानबुल भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र टर्किस क्लब इस्तानबुल बासाकसेर भिड्दै छन् ।

इस्तानबुल बासाकसेरको मैदानमा हुने पीएसजी र इस्तानबुलबीचको खेल राति ११:४० बजे शुरु हुनेछ । इस्तानबुलविरुद्ध मैदान उत्रदा पीएसजी पहिलो जितको खोजीमा हुनेछ । घरेलु टिम इस्तानबुल पनि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पीएसजी र इस्तानबुलले अंक जोड्न सकेका छैनन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?