१७ माघ २०७९, मंगलवार

काँग्रेसबाट उम्मेदवारको नाम सिफारिस

२०७४,आश्विन,११,बुधबार १४:५१

0
Shares

 सल्यान, ११ असोज- आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावका लागि नेपाली काँग्रेस साविक शान्तिनगर गाउँपालिकाले उम्मेदवार सिफारिस गरेको छ ।काँग्रेस शान्तिनगरको बैठकले प्रदेश र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीको सभापतित्वमा सम्पन्न बैठकले प्रदेश चुनावका लागि प्रत्यक्षतर्फ शंकरप्रसाद डाँगी, खिमप्रसाद खराल, भरत केसी, टीका घर्ती, जगत खड्का र केशव आचार्यको नाम सिफारिस गरेको छ ।यस्तै, प्रदेश चुनावका लागि समानुपातिकतर्फ गेहेन्द्र गिरी र शशिधर केसीको नाम सिफारिस भएको जनाइएको छ । केन्द्रीय चुनावका लागि प्रत्यक्षतर्फ दीपक गिरी, बुद्धिराम भण्डारी र राजेन्द्र धिताल तथा समानुपातिकतर्फ सुष्मा गिरीको नाम मात्रै सिफारिस भएको काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीले जानकारी दिए ।स्थानीय तहको चुनावमा पार्टीको उम्मेदवारका विरुद्धमा लाग्नेलाई सिफारिस गर्न नसकिएको पनि उनले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार १४:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालले आफ्नै कारण राष्ट्रपति बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । लोकपथ टिभीको कार्यक्रम

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी

काठमाडौं । नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्रीबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुनः गृहमन्त्रीमा फर्किने जमर्को गरिरहेका छन्

ताजा समाचार

सीमा विवाद समाधान गर्न समिति गठन
 २०७९,माघ,१७,मंगलवार १२:४४